Tuesday, May 26, 2026

नगर प्रमुख यादवको बजेट विद्यालयलाई

ताजा / भरखरै प्राप्त


रौतहट /१२ मङ्सिर / कागज मै बजेट सिध्याउने तथा बढि कमिशन आउने खरिद लगायतका कार्यमा बजेट सिध्याउने दाउमा रहेका अहिलेका जन प्रतिनिधिलाई चिर्दै रौतहटको माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले पालिका बाट ७५ लाख एक बिद्यालय लाइ दिएका छन् । बिद्यालयको भौतिक पूर्वाधारको अवस्था कमजोर देखे पछि दश कोठे विद्यालय भवनको लागि आर्थिक बर्ष २०८१/०८२ मा ७५ लाख माधवनारायण नगरपालिका वडा न. ८ रजवडामा रहेको प्राथमिक विद्यालयको लागि छुट्टयाएका थिए । सोहि अन्तर्गत शुक्रवार उक्त बिद्यालयमा १० कोठे भवनको शिलान्यास गरेका छन् ।
१० कोठा रहने एक तले भवनको सिलन्यास कार्यक्रम पछि वडा नम्बर ०८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले नगर प्रमुख यादवको लगानी सवै क्षेत्रमा रहेको, त्यसमा पनि शिक्षा र स्वास्थ्यमा मुख्य रुपमा केन्द्रित रहेको साथै सवै वडालाई समान व्यवहार गर्ने नगर प्रमुख यादवको शैली सवै जनताले मन पराएको बताउनु भयो ।
वडा अध्यक्ष महतोका अनुसार यसअघि नै वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण भएको र वडाको सिलिङ्ग बाहेक नगर प्रमुखले बर्षेनी पालिका बट बजेट बिनियोजन गर्ने गरेकोले आफुहरु जनता माझ बिकासका कार्य देखाउन सफल भएको दावी गरेका छन् ।
नगरपालिकामा इन्जिनियर नागेन्द्र राय यादव आए देखि नगर प्रमुख यादवको बिकाशको मोडेल नै परिवर्तन भएको स्थानिय बताउछन ।पहिला जस्तो अबस्था नरहेको , कसैलाई भेदभाव नहुने गरेको , यो पार्टि त्यो पार्टि , यो मतदाता त्यो मतदाता नभएर सम्पूर्ण नगरबासिको आवस्यकता सम्बोधन हुने खालका योजना तथा अन्य कार्यक्रम हरु देखेर आफु हरुलाइ आफ्नै स्थानिय सरकार रहेको भान हुने गरेको स्थानीयको भनाइ रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles