Tuesday, May 26, 2026

कस्तो रहला आजको मौसम ?

ताजा / भरखरै प्राप्त

काठमाडौं । आज (बुधबार) देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ शुक्रबारसम्मको मौसम पूर्वानुमान
भोलि (बिहीबार) कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै आगामी शुक्रबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एक–दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उडानमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

spot_img

लोकप्रिय

Related Articles