Tuesday, May 26, 2026

सुनको मूल्य सामान्य वृद्धि

ताजा / भरखरै प्राप्त

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles