बीरगंज स्थित रहेको एन आई सि एशिया बैक र प्रसौनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष लालबाबु मुखियाले स्थानीय एकजनाको तीन तल्ले पक्की घर कौडिको भाउमा निलाम गरेको रहस्य बाहिर आएको छ ।

प्रसौनी गाउँपालिका १ कलैया बिरगंज सडकखण्डमा पर्ने प्रसौनी निवासी कृष्ण शर्माको नाममा दर्ता रहेको किता न ४८४ को ८ धुर जग्गामा रहेको तीन तल्ले पक्की घर वडा अध्यक्ष मुखिया बिनले वडाको सिफारिसमा घर जग्गाको कम मुल्यांकन जम्मा रु २३ लाख लगाई एन आई सि एशिया लाई सिफारिस गरेको छ ।

शुरुमा उक्त बैकले तीन तल्ले घरको मुल्यांकन ३० लाख र जग्गाको मूल्यांकन २७ लाख गरेको थियो । तर निलाम गर्ने बेलामा बैकको मिलोमतोमा वडा अध्यक्ष मुखिया बिनले कम मुल्यांकन लगाई पक्की घर निलाम गरेको पिडित कृष्ण शर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

वडा अध्यक्ष लालबाबु मुखियाले सो जग्गा आफ्नै भाइ बुहारीको नाममा सकार गरेको रहस्य बाहिर आएपछि बैक र मुखियाको मिलोमतो रहेको आंशाका गर्न लागिएको छ । यता पीडित परिवारले एन आई सि एशिया बैकको त्रणको ब्याज हरेक महिना तिर्दै आएका छन । बैकले पटकपटक निलाम गर्न चिठी वडा र घर सम्म पुर्याए पछि पीडित शर्माले ७० लाख रुपैया जम्मा गरेको थियो । तर बैकले पीडितको पैसा तीन महिना पछि फिर्ता गरेको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यसरी करोडौंको मूल्य पर्ने पक्की घर निलाम गरेपछि वडा अध्यक्ष मुखिया र उनका भाईले गुण्डागर्दी शैलीमा घर कब्जा गर्न खोजिएको पीडित शर्माको परिवारले बताए । यसरी एन आई सि एसिया बैकले एउटै जग्गाको एकपटक २७ लाख र घरको ३० लाख गरि ५७ लाख मूल्यांकन गराएको र अर्को पटक जम्मा २३ लाखमा घर सहित मूल्यांकन गराएपछि मिलीभगतमा निलामी भएको सहज अनुमान गर्न सकिने पीडितहरुले आरोप लगाएका छन् ।

बैक र वडा अध्यक्ष मुखियाको मिलोमत्तोमा पक्की तीन तल्ले घर निलाम गरेपछि यतिबेला पीडित परिवार न्यायको लागि हारगुहार लगाएका छन् ।


