बाराको सिमरा स्थित रहेको ईलाका प्रहरी कार्यालय बाट एकजना थुनुवा फरार भएका छन् । माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका महेश चौधरी हिरासत बाट नै फरार भएका छन् । कपड़ा सुकाउन बाहिर निस्केका चौधरी ईलाका प्रहरी कार्यालयको आपतकालीन द्वार बाट फरार भएको प्रहरी स्रोतले जनाएको छ । फरार भएका चौधरीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

