बितेको फाल्गुन १८ गते सिम्रौनगढ स्थित सिमानाकामा प्रहरी संग हातपात गर्ने नामुद तस्कर भोला साह लाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याउदै गरिएको मालसामान पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाराको अपराध शाखाको टिम र ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट संयुक्तरूपमा प्रहरी परिचालन गरिएको थियो । नामुद तस्कर आफ्नो मालसामान स्कौटिङ्ग गर्दै सिम्रौनगढ बजार तर्फ आउने क्रममा साहले प्रहरी संग लछारपछार गरि मोटरसाइकल रहेको मालसामान छुट्याउन निकै कसरत गर्नु परेको थियो । यसरी समातिएको अबैध मालसामान पक्राउ गर्न बारा प्रहरी लाई हम्मेहम्मे परेको थियो ।
बाराको प्रहरी उपरीक्षक संतोष तामाङले नामुद तस्कर र प्रहरी बिच भएको घटना प्रती जिम्मेवारी निभाउदै नामुद तस्कर साहलाइ पक्राउ गर्न आदेश नै दिइएको छ । तर नामुद तस्कर भोला साह पक्राउ परेनन् । उनी आफ्नो स्थानीय नेता बाट पहुँच लगाई अहिले खुल्याम सिम्रौनगढ बजारमा घुमिरहेका छन।
यता ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक पसाईले पक्राउ गर्न प्रक्रियाअगाडि बढाईएको जानकारी दिनु भयो ।

