Tuesday, May 26, 2026

गौरमा हुने हुण्डी कारोबारमा बैरगनीयाका दिलिप जयसवाल समूहको कनेक्शन

ताजा / भरखरै प्राप्त

रौतहटको गौरमा रहेको तराई एक्सप्रेस मनी ट्रान्सफरबाट हुने हुण्डीको कारोबारमा भारतको बैरगनीयाका दिलिप जयसवाल समुहको संलग्ना रहेको पाईएको छ ।

दिलिपको समूहले बैरगनिया बाट भरीयाको प्रयोग गरेर हुण्डीको रकम गौरमा पठाउने गरेको प्रमाण फेला परेको छ । उक्त समूहले अवैध रुपमा दैनिक एक देखी २ करोड रुपैया सम्म गौर नजिकको विभिन्न नाकाबाट गौरमा पुर्याउने गरेका छन् ।

दिलिपको समुहले भारतको विभिन्न शहरबाट संकलन भएको हुण्डीको पैसा दैनिक रुपमा बैरगनीया अगाडी रहेको मुसा चौकमा जम्मा गर्ने गरेको र जम्मा भएको रकम प्रती एकलाख बराबर ५ सय भारतीय रुपैया भरीया लाई दिएर विभिन्न नाकाबाट सदरमुकाम गौरमा पठाउने गरेको समाचार स्रोतले जनाएको छ ।

यसरी विभिन्न नाकाबाट भरीयाको माध्यमबाट आएको रकम गौरका १ दर्जन भन्दा बढी समुहका सदस्यहरु मार्फत बैंकमा दाखिला हुने गरेको स्रोतको दाबि छ ।

बैंकमा दाखिला भएको उक्त रकमबाट दिलिप जयसवालले USDT खरिद गर्न प्रयोग गर्ने गरेको प्रमाण फेला परेको छ ।

 

spot_img

लोकप्रिय

Related Articles