Tuesday, May 26, 2026

गढीमाई पञ्चबर्षिय मेला बाट १ करोड ८० लाख भन्दा बढी नगद आम्दानी

ताजा / भरखरै प्राप्त

गत मंसिरमा लागेको गढीमाई पञ्चबर्षिय मेला बाट १ करोड ८० लाख भन्दा बढी नगद आम्दानी भएको मेला संचालन तथा व्यवस्थापन मुल समितिले जनाएको छ ।

आज शनिबार गढीमाई मन्दिर नजिक रहेको विवाह मण्डपको प्रागंणमा मेला संचालन तथा व्यवस्थापन मुल समितिले आयोजना गरेको मेलाको आय व्यव सार्वजनिकिकरण कार्यक्रममा समितिले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैया आम्दानी भएको जनाएको छ ।

मंसिर महिनाभरी र माघ महिनाको खिचडीमा लागेको मेलाबाट जग्गा विक्रि, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, रागा र परेवा व्यवस्थापन, मनत मुण्डन, पार्किगं, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाको आम्दानी भएको थियो । जसमध्ये मन्दिर सजावट देखि मेला व्यवस्थापन सम्मको खर्च ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया खर्च भएको समितिले जनाएको छ ।

आम्दानी भएको रुपैया मन्दिरको बिकासमा खर्च हुने समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भएको छ ।

त्यस्तै मेलामा आएका भक्तजनहरुले सुन तथा चांदीका गहनाहरु पनि चढाएको र उक्त गहनाहरु मेला समितिमा राखिएको समितिले जनाएको छ ।

उक्त कार्यक्रममा गढीमाई मेलामा सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई मूल समितिले सम्मान पत्रले सम्मान गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles