Tuesday, May 26, 2026

सुरज श्रीवास्तव द्वारा लिखित फाइल नं. ८ किताबको बिमोचन

ताजा / भरखरै प्राप्त

बीरगंजमा आयोजित मधेश साहित्य महोत्सवमा शनिबार सुरज श्रीवास्तव द्वारा लिखित फाइल नं ८ किताबको बिमोचन भएको छ ।

नेपालको गाउँघर र शहरका विविध चरित्रहरुका मानवीय एवं प्रेमिल भावनाहरुलाई व्यापक रुपमा प्रतिफलित गर्ने फाईल नं. ८ को कथा मधेश साहित्य महोत्सवको मंचबाट अब पाठकसामु आएको हो ।

लेखक श्रीवास्तव द्वारा लिखित यो पुस्तकमा समाजको रुपरेखा, संस्कार, माया, आशंका र नैतिकताको महत्व सम्बोधन गरीएको जनाईएको छ । बीरगंजमा पहिलो पटक आयोजित मधेश साहित्य महोत्सवको मंचबाट पहिलोपटक आफ्नो किताब बिमोचन हुँदा गर्व महसुस भएको लेखक श्रीवास्तवले बताएका छन् ।

लेखक श्रीवास्तव एक अनुभवी ईन्भेष्टमेण्ट बैंकर एवं कन्सल्टेण्ट लेक्चर् पनि हुन् । उनले अर्थशास्त्र र ग्रामिण विकास विषयहरुमा स्नातकोत्तर गरेका छन् ।

यसअघि विविध आर्थिक एवं साहित्यिक पृष्ठभुमिमा लेख, कविता र कथाहरु पत्रपत्रिका एवं अनलाइनहरुमा प्रकाशित गर्दै आएका लेखक श्रीवास्तव यसपटक उनले आफ्ना कथाहरुलाई पुस्तकको रुपमा ल्याएका छन् ।

spot_img

लोकप्रिय

Related Articles