बाराको पचरौता नगरपालिकामा एक भारतिय नागरिकले आफ्नो ससुरा लाई बुवा बनाई नेपालको बंशज नागरिक्ता लिएको रहस्य खुलेको छ ।
भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला गाउँका रामजनम यादवका छोरा ३५ वर्षिय रामकैलाश प्रसाद यादवले २०६३ फाल्गुन २६ गते साबिक गाविस बेलदारी वडा नम्बर ८ हाल पचरौता नगरपालिका वडा नम्बर ५ बेलदारी गाउँ बस्ने आफ्नो ससुरालाई प्रभावमा पारी उनको छोरा बनी नागरिक्ता टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षर बाट बंशज नागरिक्ता प्राप्त गरेको नागरिक्ता टोलीको अभिलेखबाट देखिन्छ । ३३०४९।५०८३ नागरिक्ता नम्बर रहेको यादवको जन्म मिती २०४५।०१।०२ रहेको अभिलेखमा देखिन्छ ।
नागरिक्ता प्राप्त गरिसकेपछि पनि यादवले भारत र नेपाल दुबै देशको नागरिक रहंदै आएको भारतमा रहेको उनको जातीय पहिचानपत्र, मतदाता परिचयपत्र र आधार कार्ड समेत रहेको देखाउँछ । नागरिक्ता ऐन अनुसार कुनै पनि व्यक्ती दुइ देशको नागरिक हुन नपाउने स्पष्ट रहेपनि यादव अहिले दुबै देशको नागरिक भएर बसेको स्थानीयको आरोप रहेको छ ।
यादवले किर्ते जन्मदर्ता र नाता प्रमाणित पेश गरेर ससुरा लाई बुवा बनाई नागरिक्ता प्राप्त गरेपनि जिल्ला प्रशासन कार्यालय बाराले यस विषयमा छानबिन गरेको देखिदैन् ।

