भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) को टीम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
कर्णाली याक्सका कप्तान सोमपाल कामी, खेलाडी गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र टीमका फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का सहितका सदस्यहरूले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन्।
शिखर धवनले नेपाल आइपुग्नासाथ पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने चाहना व्यक्त गरेका थिए, र त्यो अनुसार उनले आफ्नो टोलीसँग मन्दिरको दर्शन गरेका छन्।

