Tuesday, May 26, 2026

भारतका पूर्वउपमुख्यमन्त्री सखुवीर सिंह बादलमाथि गोली प्रहार

ताजा / भरखरै प्राप्त

काठमाडौं – भारत पञ्जाबका पूर्वउपमुख्यमन्त्री तथा शिरोमणि अकाली दलका अध्यक्ष सखुवीर सिंह बादलमाथि बुधबार बिहान गोली प्रहार भएको छ।

भारतको अमृतसरस्थित स्वर्ण मन्दिरको प्रवेशद्वारमा पूर्वलोकसभा सदस्यसमेत रहेका बादललाई एक व्यक्तिले पेस्तोल प्रहार गर्न खोजेका हुन्।

घटनाको भिडियोमा एक वृद्ध व्यक्ति बादलतर्फ अघि बढ्दै पेस्तोल निकालेर गोली प्रहार गरेको देखिन्छ। तर, गोली बादललाई नलागी मन्दिरको भित्तामा लागेको बताइएको छ।

बादलसँगै रहेका अन्य व्यक्तिहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। घटनापछि सुरक्षाकर्मीले बादललाई सुरक्षा प्रदान गरेका थिए।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर पेस्तोल बरामद गरेको छ भने घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

spot_img

लोकप्रिय

Related Articles