Tuesday, May 26, 2026

महामन्त्री शर्मा: उपनिर्वाचनको नतिजा कांग्रेसका लागि उत्साहजनक र सकारात्मक

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई पार्टीले उत्साहजनक र सकारात्मक रूपमा लिएको बताएका छन्। उनले उपनिर्वाचनमा मतदाताको उच्च सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास देखाएको उल्लेख गरे।

शर्माले कांग्रेसले उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानमा विजय हासिल गरेको जानकारी दिए। यसपटक पार्टीले गठबन्धनबिनाको प्रतिष्पर्धाबाट प्राप्त गरेको मतलाई गुणात्मक रूपमा महत्त्वपूर्ण भनेका छन्।

उपनिर्वाचनको प्रारम्भिक समीक्षा गर्दै शर्माले अघिल्लो र पछिल्लो निर्वाचनको मतपरिणामको विश्लेषण गर्दै पार्टी थप गम्भीर समीक्षामा जुटेको बताए।

उनले पार्टी महासमिति बैठकबाट एक्लै निर्वाचन लड्ने प्रस्ताव पारित गरिएको भए पनि केही ठाउँमा आत्मीयताको आधारमा सहकार्य स्वाभाविक रहेको धारणा व्यक्त गरे।

शर्माका अनुसार कांग्रेसले प्रत्येक चुनावलाई महत्त्वका साथ लिने र हरेक नतिजाको विश्लेषण गर्दै आगामी रणनीति तयार पार्ने प्रतिबद्धता जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles