Tuesday, May 26, 2026

हुण्डी कारोबारी उपर रौतहट प्रहरीको अनुसन्धान सुरु

ताजा / भरखरै प्राप्त

हुण्डी कारोबारको आरोप लागेको गौरका निरन्जन जैसवालको समुह उपर रौतहट प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
निरन्जन जैसवाल उर्फ पप्पु जैसवालको समुहले रौतहटमा हुण्डीको कारोबार गरिरहेको समाचार पिएसआर खबरमा प्रकाशन भएपछि रौतहट प्रहरीले उनीहरु माथि अनुसन्धान सुरु गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालय गौरमा समुहका मूख्य भनिएका पप्पु जैसवाल संग प्रहरीले बयान लिएको छ । विभिन्न मिडियामा समाचारहरु आएपछि पप्पु भनिने निरन्जन जैसवाललाई बोलाएर बयान लिने काम भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख दिलिप घिमिरेले बताउनु भएको छ । प्रहरी प्रमुख घिमिरेले अनुसन्धानको क्रममा बयान लिएको र उनीहरुको बैंक स्टेटमेण्ट पनि झिकाउने काम भईरहेको बताउनु भएको छ ।

झुठ्ठा मुद्दामा पत्रकारलाई फसाउने षडयन्त्र
हुण्डीको समाचार लगातार रुपमा प्रकाशन हुन थालेपछि कारोबारी समुहले उनका सहयोगी प्रहरी अधिकृत संग मिलेर पत्रकारलाई फसाउने षडयन्त्र बनाएको रहस्य बाहिरीएको छ । विगतमा पनि रौतहट प्रहरीले आफ्ना विरुद्ध लाग्ने पत्रकारलाई फसाउन खोजेको घट्ना सार्वजनिक भएपनि कारोबारीहरु अहिले पनि आफ्ना कारोबारलाई सघाउने प्रहरी अधिकृतको सहयोगमा त्यसै अनुसारको षडयन्त्रमा लागेको देखिएको छ । कारोबारीको समुहले समाचार नलेख्नका लागि विभिन्न किसीमका आर्थिक प्रलोभन देखाएर प्रभावमा पार्ने र प्रहरी संग मिलेर पत्रकारलाई फसाउने खेलमा लागेको समाचार स्रोतको दाबि रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles