Tuesday, May 26, 2026

ट्राफिक र यातायात कार्यालय कलैयाको संयूक्त छड्के

ताजा / भरखरै प्राप्त

यातायात व्यवस्था कार्यालय कलैयाले सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गर्न संयूक्त रुपमा सवारी छड्के चेकजाँच सुरु गरेको छ । चेकजाँचको क्रममा कागजात भए नभएको जाँच र सवारी साधनको यान्त्रिक परीक्षणमा जोड दिइएको यातायात व्यवस्था कार्यालय कलैयाको कार्यालय प्रमुख अबिन्दर दासले जानकारी दिनुभएको छ । सोहि अनुसार मँगलबार कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वामा छड्के चेकजाँच गरीएको कार्यालय प्रमुख दासले बताउनु भएको छ ।

कार्यालय प्रमुख दासको अनुसार यातायात कार्यालयको नेतृत्व र ट्राफिक प्रहरी कार्यालय निजगढको समन्वयमा मटिअर्वा चौकमा चेकजाँच गरीएको छ। उक्त चेकजाँचमा केहि सवारी साधनलाई कार्वाही समेत गरीएको छ।

चालकको लापरबाही तथा पुराना सवारी साधनका कारण सडक दुर्घटना बढिरहेकाले ट्राफिक नियमको पालना गराउन चेकजाँचलाई निरन्तरता दिन लागिएको कार्यालय प्रमुख दासले बताउनु भयो । साथै यसरी चेकजाँच गर्दा पुराना सवारी साधनलाई मर्मत सम्भारका दबाब दिने तथा त्यस्ता साधनलाई विस्थापित गरी सडक यातायात सेवालाई भरपर्दो बनाउने समेत लक्ष्य राखिएको दासको भनाई रहेको छ ।

बाराको कलैयामा २०८० साल मँसिर २५ गते यातायात कार्यालय स्थापना भए पनि यो यातायात व्यवस्था कार्यालयको छड्के चेकजाँच पहिलो पटक हो। अब उप्रान्त समय समयमा तालिका बनाई यातायात कार्यालयले छडके चेकजाँच गर्ने उदेश्य समेत राखिएको कार्यालय प्रमुख दासले बताउनु भएको छ ।

छड्के चेकजाँचमा यातायात व्यवस्था कार्यालय कलैयाको सहायक अधिकृत जिवन पौडेल र सर्बिन महतो, लेखापाल रघुनन्दन साह , अस्थायी ट्राफिक पोष्ट कलैयाको प्रहरी बरिष्ठ नायव निरीक्षक अशोक बस्नेत लगायतका टोलि खटिएको थियो ।

यस अघि कार्यालयबाट सवारी चालक अनुमति पत्र, लाइसेन्स, सवारी दर्ता, नवीकरण, जाँच पास, रुट परमिट, चालक अनुमति पत्र दस्तुर र नवीकरण लगायतका सेवा प्रवाह भइरहेका छन् ।

spot_img

लोकप्रिय

Related Articles