Tuesday, May 26, 2026

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

ताजा / भरखरै प्राप्त

काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको भाउ बढ्न थालेको छ । आज (बिहीबार) पनि सुन चाँदीको भाउमा सामान्य ओकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि सामान्य बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles