Tuesday, May 26, 2026

एकै दिन दुई संसदीय समितिको बैठक: पूर्वाधार र राष्ट्रिय निकुञ्जमा छलफल हुने

ताजा / भरखरै प्राप्त

काठमाडौँ – आज एकै दिन दुई संसदीय समितिको बैठक बस्ने तयारी भएको छ।

बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्ने छ, जसमा समितिमा प्राप्त उजुरीहरूमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ। साथै, बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा पनि छलफल हुनेछ।

यस्तै, बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुने बताइएको छ।

spot_img

लोकप्रिय

Related Articles