राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइँदैछ। सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको हिरासत म्याद थप गर्न अदालतमा पेश गर्न लागिएको हो।
कास्की प्रहरीका अनुसार लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गर्न प्रतिवेदन तयार भइरहेको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन्।
लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल, र कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन्। छानबिनमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न तयारी भइरहेको प्रहरीले जनाएको छ।
लामिछानेले आफू सूर्यदर्शन सहकारीको कुनै पनि समितिमा नभएको र न त ऋणी नै रहेको बताएका छन्। उनले आफ्नो नाममा ऋण निकासा भएको विषयमा अनभिज्ञता जनाएका छन्। गोरखा मिडिया नेटवर्कमा १ करोड ८० लाखको सेयर रहेको तर पारिश्रमिकबाट कट्टा हुने सर्तमा मात्र आफूले जिम्मेवारी लिएको बयानमा बताएका छ

