Tuesday, May 26, 2026

दुनाटपरी बेचेर दाङको डाँडागाउँका महिला स्वरोजगार बन्दै

ताजा / भरखरै प्राप्त

दाङ – दाङका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।

घोराही उपमहानगरपालिका–१२ डाँडागाउँका सात जनाले उद्यमशील दुनाटपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले यन्त्रबाट दुनाटपरी बनाउने तालिम दिएर यन्त्र राख्ने घर बनाइदिएपछि गएको भदौदेखि व्यावासायिक रूपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहकी अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो ।

समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनुभयो । उहाँले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर १० हजार रुपैयाँ आम्दानी गरेको सुनाउनुभयो । उहाँमात्र होइन समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।

सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनुभयो ।

महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

spot_img

लोकप्रिय

Related Articles