बाराको पचरौता नगरपालिकाकाको वडा नम्बर ३ रामनगर टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चार कोठे भवन निर्माण हुने भएको छ ।

नगर प्रमुख जलन्धर सिंहको बिशेष पहल तथा पालिका स्तरीय बजेटबाट भवन निर्माण हुन लागेको हो । बुधबार उक्त भवनको पचरौता नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मीले शिलान्यास गरेका हुन् ।

दुईतल्ले भवनमा ४ कक्षाकोठा निर्माण गर्न लागिएको वडा अध्यक्ष धेनुक राउत कुर्मीले बताएका छन् ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह, समाजसेवी भैयाराम सहनी, अवध किशोर प्रसाद यादव, बिनोद पटेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेको थियो ।

