बारामा पहिचान नाखुलेको एक ५ वर्षीया बालिकाको शव फेला परेको छ । पचरौता नगरपालिका ९ कुडवास्थित जमुनी खोलामा शनिबार ५ वर्षीया बालिकाको शव फेला परेको हो ।
बालिकाको शव खोलामा तैरिरहेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट सूचना पाएलगत्तै पुगेको प्रहरी टोलिले बालिकाको शवमुचुल्का गरि प्रादेशिक अस्पताल कलैया ल्याएको छ ।
बालिकाको पहिचान खुलाउन जिल्लाका १६ वटै स्थानीय तहसंग समन्वय भइरहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड़काले जानकारी दिए ।

