Tuesday, May 26, 2026

लागुऔषधसहित गाैर भंसारबाट युवक पक्राउ

ताजा / भरखरै प्राप्त

चञ्चल कुमार झा
रौतहट । बैशाख ११ ।
भारतीय बजारबाट अबैध लागूऔषध लिएर गाैर आउदै गरेकाे ई रिक्सा सहित चालक पक्राउ परेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित ई रिक्सा चालकलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब १२ बजेकाे समयमा गौर स्थित भन्सार बेरियरबाट विभिन्न प्रकारका लागूऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौरले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको ई रिक्सालाई शंकाको आधारमा चेकजाँच गर्दा सवारी चालकको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
चेकजाँचका क्रममा ई रिक्साकाे चालक बस्ने सिट मुनि डाइजापाम इन्जेक्सन १०० पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १०० पिस, बुप्रेनोर्फिन इन्जेक्सन १०० पिस तथा गाँजा जस्तो देखिने करिब ५ ग्राम पदार्थ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिनु भएको छ ।
लागूऔषध सहित पक्राउ पर्नेमा रौतहट जिल्ला राजदेवी नगरपालिका–७ मुडलवा बस्ने भागरित पण्डितकाे अन्दाजी २० वर्षीय छाेरा मोहन पण्डित रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट नेपाली ४९०रुपैयाँ
, भारतीय एक सय रुपैयाँ , एक थान एन्ड्रोइड मोबाइल र लागूऔषध राखिएको ई रिक्सा समेत बरामद गरेको छ।
पक्राउ परेका पण्डितलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles