Tuesday, May 26, 2026

कीर्तिपुरका वडाध्यक्षमा राजेन्द्र बानियाँ निर्वाचित, ७४२ मत प्राप्त

ताजा / भरखरै प्राप्त

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायण विष्टले २८७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, र अर्का स्वतन्त्र उम्मेदवार मदनप्रसाद दाहालले ५८ मत प्राप्त गरे।

spot_img

लोकप्रिय

Related Articles