जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानको मौसम मुख्यतया सफा छ।
आजको मौसम विवरण
- दिउँसो: कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
- राति: कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी ठाउँको मौसम सफा रहनेछ।
सूर्य उदय-अस्तको समय
- सूर्योदय: बिहान ६ बजेर ३९ मिनेट।
- सूर्यास्त: साँझ ५ बजेर ८ मिनेट।
तराईका केही क्षेत्रमा हल्का हुस्सु लाग्ने भए पनि मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।

