काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए। लुम्बिनीले २९ अतिरिक्त रन पायो ।
विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १-१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो । यसअघि आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।

