Tuesday, May 26, 2026

देउवाको निर्देशन मानेनन् शेखरले, जनप्रतिनिधि बोलाएर कोशीमा शक्ति प्रदर्शन

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिले मंसिर २२ मा हुने प्रदेशस्तरीय भेलाको तयारी गरिरहेको बेला इतर समूहले मंसिर १८ मा विराटनगरमा पालिकास्तरीय भेला गरी शक्ति प्रदर्शन गरेको छ।

केन्द्रीय कार्यालयले मंसिर २२ अघि कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको भए पनि इतर समूहले पूर्वनिर्धारित कार्यक्रम भन्दै पालिकास्तरीय भेला आयोजना गरेको हो। उक्त भेलामा कोशी प्रदेशका ११३ पालिकाका सभापतिहरू सहभागी भएको दाबी गरिएको छ।

इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा कांग्रेसका अन्य केन्द्रीय सदस्यहरू, प्रदेशस्तरीय नेताहरू, र विभिन्न जिल्लाका सभापतिहरू सहभागी थिए।

भेलाको उद्देश्य कांग्रेसलाई समयमै महाधिवेशन गर्न दबाब दिने, पालिका सभापतिहरूका हक-अधिकारको संरक्षण गर्ने, र पार्टीलाई जनतासँग नजिक बनाउने रहेको बताइएको छ।

यस कार्यक्रमलाई पार्टीभित्र शक्ति प्रदर्शनको रुपमा हेरिएको छ भने इतर समूहले यो भेला कांग्रेसकै हितका लागि गरिएको दाबी गरेको छ।

spot_img

लोकप्रिय

Related Articles