Tuesday, May 26, 2026

सूर्यदर्शन सहकारी प्रकरण: रकम अपचलन आरोपमा विदेश उड्न लागेका गुरुङ विमानस्थलबाट पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम दुरुपयोग प्रकरणमा संलग्न थप एक जना आरोपी पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ती व्यक्ति सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ हुन्।

गुरुङलाई बिहीबार कतार उड्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पोखरा पठाइएको छ। गुरुङको स्थायी ठेगाना पनि पोखरा नै रहेको प्रहरीले जानकारी दिएको छ।

कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माका अनुसार गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो। उनलाई शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने योजना रहेको उनले बताए।

spot_img

लोकप्रिय

Related Articles