काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (आइतबार) पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनी यस प्रतियोगिताको हालसम्म जितविहीन टोली हो । लुम्बिनी यसअघिका तीनमध्ये तीनै खेल हारेको थियो र अंक तालिकामा पनि पुछारमा छ ।
लुम्बिनीले विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूपश्चिम रोयल्ससँग हार बेहोरेको थियो । जनकपुर भने प्रतियोगितामा अपराजित छ । उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ । तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ ।

