काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामको समीक्षा र पार्टीको सङ्गठनात्मक रूपान्तरणका विषयमा छलफल हुनेछ।
साथै, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त रहेको पदपूर्तिका विषयमा पनि बैठकमा विमर्श हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको हालसम्मको काम कारबाही, र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल गरिने पौडेलले जानकारी दिएका छन्।

