काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमानवीय व्यवहार तुरुन्त रोक्न आग्रह गर्नुभएको छ।
सहकारी रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण, निरंकुश, र अमानवीय व्यवहार गरेको भन्दै प्रचण्डले कडा आलोचना गर्नुभएको छ।
सामाजिक सञ्जालमा प्रचण्डले लेख्नुभएको छ, “अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। यस्तो व्यवहार तुरुन्त रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु।

