Tuesday, May 26, 2026

ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा

ताजा / भरखरै प्राप्त

आप्रवासन नीतिमा कठोर कदम चाल्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिका जन्मेका सबैलाई नागरिकता दिने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन्। एनबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यो परिवर्तन आप्रवासी व्यवस्थापनका लागि आवश्यक भएको बताएका छन्।

उनले राष्ट्रपति पद सम्हाल्नासाथ नागरिकता र आप्रवासन सम्बन्धी व्यवस्थाको पुनरवलोकन गर्ने र अन्य कडा नीतिहरू लागू गर्ने जनाएका छन्। यस कदमले अमेरिका गएर बच्चा जन्माएर नागरिकता प्राप्त गर्ने प्रवृत्तिमा रोक लगाउने उनको विश्वास छ।

spot_img

लोकप्रिय

Related Articles