Tuesday, May 26, 2026

नासाले पानीमुनि अनुसन्धान गर्ने रोबोट विकास गर्यो, युरोपा र एन्सेलाडसमा पठाइने योजना

ताजा / भरखरै प्राप्त

काठमाडौं – नासाले आफ्नो अन्तरिक्ष अनुसन्धानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ। यी रोबोटहरूले बृहस्पति ग्रहको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा अनुसन्धान गर्नेछन्। चन्द्रमाका हिउँले ढाकिएका महासागरसम्म पुगेर यी रोबोटहरूले पानीमुनि खोजी कार्य गर्ने योजना बनाइएको छ।

नासाको जेट प्रोपल्सन प्रयोगशालाले तयार पारेको यो रोबोट “सेन्सिङ विथ इन्डिपेन्डेन्ट माइक्रो स्विमर्स (एसडब्ल्यूआईएम)” नामबाट चिनिन्छ। १६.५ इन्च लामो र २ किलोग्राम तौल भएको यस रोबोटको भविष्यमा १२ सेन्टिमिटर लामो वास्तविक संस्करण बनाइनेछ।

यी रोबोटहरूले चन्द्रमाको महासागरसम्म पुगेर पानीको रासायनिक संरचना पत्ता लगाउने, तापक्रम मापन गर्ने, र महासागरको नेभिगेशन गरेर संरचनाको विवरण सङ्कलन गर्नेछन्। विशेष उपकरण र जीपीएस प्रणालीले सुसज्जित यी रोबोटहरूले सौर्यमण्डलबाहिर जीवनको सम्भावनाबारे अनुसन्धान गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

नासाले युरोपा र एन्सेलाडस जस्ता चन्द्रमाहरूमा पानी रहेको सङ्केत पहिल्यै पाइसकेको छ। यहाँ जीवनको सम्भावना छ कि छैन भन्ने पत्ता लगाउन यी रोबोटहरूको उपयोग गरिनेछ। हाल यो रोबोट प्रोटोटाइपको रूपमा परीक्षण गरिएको छ, तर भविष्यमा यसले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles