Tuesday, May 26, 2026

एनपीएलमा लुम्बिनीले चितवनलाई १६८ रनको लक्ष्य दियो

ताजा / भरखरै प्राप्त

काठमाडौं – बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको चितवनका बलरहरूले लुम्बिनीलाई ६ विकेटको क्षतिमा १६७ रनमा सीमित गरे।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ८० रन बनाए। ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका रोहितले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको महत्वपूर्ण साझेदारी गरे। जफरले पनि ३५ बलमा ५२ रन बनाएर अर्धशतक पूरा गरे।

चितवनका बलर रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन मात्र खर्चिए।

यसअघि लुम्बिनीले खराब सुरुवात गरेको थियो। ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द द्रुतगतिमा आउट भएका थिए। प्रतियोगितामा चितवनले चारमध्ये तीन खेल जितेको छ भने लुम्बिनी अहिलेसम्म सबै खेलमा पराजित भएको छ।

spot_img

लोकप्रिय

Related Articles