Tuesday, May 26, 2026

एनपीएलमा आज पहिलो खेलमा जनकपुर र सुदूरपश्चिम भिड्दै

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।
यसैगरी, आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाडौंको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।

दुवै टिम जारी लिगको हालसम्म खेलका आधारमा उत्कृष्ट टिम हुन्। जनकपुरमा आशिफ शेख र सुदूरपश्चिममा उनका दाइ आरिफ शेख भएकाले आजको खेललाई दाजु–भाइको भिडन्त पनि भनिएको छ । यद्यपि चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ ।

spot_img

लोकप्रिय

Related Articles