Tuesday, May 26, 2026

एनपीएलका दुई शीर्ष टिमको भिडन्त: जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ। बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले फिल्ड रोजेपछि सुदूरपश्चिमले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ । मार्की खेलाडी आशिफ शेख भए पनिजनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।

यो भिडन्तको रोचक कुरा भने शेख दाजुभाइ प्रतिस्पर्धीका रुपमा मैदानमा हुनेछन्। कतिपयले यो खेललाई दाजुभाइ आरिफ र आसिफ शेखको भिडन्तका रुपमासमेत हेरेका छन्। जनकपुरका मार्की खेलाडीआसिफ विकेटकिपर ओपनर ब्याट्सम्यान हुन्।

आरिफ भने सुदूरपश्चिमबाट खेल्दैछन्। उनी पेस बलर हुन्। दुवै दाजुभाइले राष्ट्रिय टिममा सँगै खेले पनि उनीहरु पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा आम्नेसाम्ने हुन लागेका हुन्।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ। समान अंक भएका चितवन र कर्णाली रनरेटको आधारमा तेस्रो र चौथो स्थानमा छन् ।

spot_img

लोकप्रिय

Related Articles