Tuesday, May 26, 2026

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

ताजा / भरखरै प्राप्त

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) भने नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ। यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।

spot_img

लोकप्रिय

Related Articles