Tuesday, May 26, 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेताहरूको कार्यविभाजन र संरचना फेरबदल हुने

ताजा / भरखरै प्राप्त

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछ । पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्नेछ । बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

spot_img

लोकप्रिय

Related Articles