काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाण्डौका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।
जनकपुर ५ खेलमा ८ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । काठमाण्डाै ४ खेलमा ४ अङ्कसहित पाँचाैं स्थानमा छ ।
यस्तै एनपीएलमा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दोस्रो जीत हात पारेको छ । पोखराले विराटनगरलाई १३ रनले हरायो ।

