परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस ४ गते भारतको नयाँ दिल्ली जाने भएकी छन्।
पुस ३ गते जर्मनीमा उच्चस्तरीय भेटवार्ता सकेर उनी त्यहाँबाट सिधै दिल्ली प्रस्थान गर्नेछिन्। परराष्ट्रमन्त्री राणा इन्डो-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन र पुस ६ गते स्वास्थ्य फलोअपका लागि दिल्ली जाँदैछिन्।
दिल्ली भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट्ने तयारी गरिरहेकी छन्। यद्यपि, भेटको समय भने तय भइनसकेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ।
भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय गर्ने विषयमा छलफल हुने सम्भावना छ। प्रधानमन्त्रीको भारत भ्रमण पुस २५ मा गर्नेबारे छलफल भइरहेको मन्त्रालयका अधिकारीले जनाएका छन्।

