Tuesday, May 26, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान बस्दै

ताजा / भरखरै प्राप्त

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जानकारी माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नी सापकोटाले दिएका छन्।

हिजोका लागि तय गरिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण स्थगित भएपछि आजका लागि सारिएको हो। प्रचण्ड हिजो चितवन र धादिङका विभिन्न कार्यक्रममा सहभागी भएकाले बैठक तय समयमा हुन सकेन।

बैठकमा चार मुख्य एजेन्डासहित समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। यही पुस २ गतेदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे समेत स्थायी समितिमा तयारी गरिनेछ।

स्थायी समितिको आजको बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचन, बिआरआइ सम्झौता, केन्द्रीय समिति बैठकका तयारी तथा समसामयिक राजनीतिक विषयमा समेत चर्चा गर्नेछ। साथै, पूर्व राष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमा सक्रिय बनाएर पदाधिकारी बनाउनेबारे निर्णय हुने अनुमान गरिएको छ।

spot_img

लोकप्रिय

Related Articles