Tuesday, May 26, 2026

काठमाडौं महानगरका पूर्वमेयर पिएल सिंहको निधन

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको सोमबार बिहान निधन भएको छ।

चाक्सीबारीस्थित आफ्नै निवासमा ८५ वर्षीय सिंहले राति १ बजे अन्तिम सास फेरेका हुन्। उनी लामो समयदेखि अस्वस्थ थिए र गतवर्ष पेटको शल्यक्रिया गरिएको थियो।

बहुदलीय व्यवस्था आएपछि काठमाडौं नगरपालिकाको पहिलो मेयरका रूपमा निर्वाचित भएका सिंहले काठमाडौंलाई महानगर बनाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

उनको निधनको शोकमा काठमाडौं महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।

spot_img

लोकप्रिय

Related Articles