Tuesday, May 26, 2026

जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव भेटियो

ताजा / भरखरै प्राप्त

जर्जियामा ११ जना भारतीय नागरिकको ज्यान गएको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको ज्यान गएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ रहेको भारतीय दूतावासले पुष्टि गरेको हो ।ज्यान गुमाउने एक जना भने जर्जियाकै नागरिक रहेका बीबीसीले जनाएको छ ।

जर्जियाका प्रहरी अधिकारीका अनुसार गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरुको शव भेटिएको थियो । गुडौरी पूर्व सोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।

होटलमा विद्युत्अवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवमा हिंसा तथा युद्धको कुनै सङ्केत नभेटिएको र यो दुर्घटना भएको हुनसक्ने बताएको छ ।

भारतीय दूतावासले विज्ञप्ति निकालेर घटनाबारे सत्यतथ्य बुझ्ने र ज्यान गुमाउनेहरुको विवरण पत्ता लगाएर उनीहरुको परिवारलाई छिटै जानकारी दिने बताएको छ ।

spot_img

लोकप्रिय

Related Articles