Tuesday, May 26, 2026

इन्डोनेसियाको मालुकुमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

ताजा / भरखरै प्राप्त

एजेन्सी । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले मङ्गलबार यो जानकारी दिएका छन् ।

शनिबार माछा मार्ने क्रममा १७ जना यात्रु सवार डुङ्गा डुबेपछि दुर्घटना भएको हो ।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज तथा उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यको उद्धार गरेको थियो ।

उद्धारकर्ताहरूले खराब मौसम र हावाहुरीका कारण डुङ्गा पल्टिएको बताएका छन् । उद्धार कार्य जारी रहे पनि प्रतिकूल मौसमले खोजी कार्यमा चुनौती थपेको छ ।

spot_img

लोकप्रिय

Related Articles