Tuesday, May 26, 2026

सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित एवम् सेवामैत्री हुनुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार उत्तरदायी भएर नागरिकका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको दाबी गर्नुभयो । स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र नभई अहिले यो नागरिकमैत्री पनि भएको उहाँले उल्लेख गर्नुभयाे ।

गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, नागरिककाे जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, देशको अर्थतन्त्रको आकार बढेको लगायतका उपलब्धि तीन वटै सरकारको कामका कारण भएको ओलीको भनाइ छ ।

spot_img

लोकप्रिय

Related Articles