प्रतिबन्धित लागू औषध ईन्जेक्सन सहित १ जना महिलालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका ७ बस्ने अन्दाजी वर्ष २१ की मुस्कान कुमारी दास रहेकी छिन। दासलाई जितपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चोकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लागु औषध ईन्जेक्सन लगीरहेको अवस्था पक्राउ गरीएको छ। उनको साथमा नोरफिन १२ सय पिस इन्जेक्सन , ड्राइजोपाम १२ सय पिस इन्जेक्सन र फेनारगल १२ सय पिस इन्जेक्सन फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले आईतबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। प्रहरी उपरीक्षक खड्काको अनुसार दासलाई लागु औषध सहित पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।

