बारामा लागुऔषधको कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको बिक्री बितरण भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट संयूक्त रुपमा खटिएको टोलिले चेकजाँच गर्दा लागुऔषध सहित सिम्रौनगढ नगरपालिका २ महुवाही टोलका ४७ वर्षिया रामसेवक प्रसाद साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा आईतबार साँझ करिब ३ बजेको समयमा पचरौता नगरपालिकाको वडा नम्बर ४ इनर्वा टोल स्थित पोखरीको डिलमा बनाईएको छाप्रोमा चेकजाँच गर्दा २७ ग्राम सेतो हिरोइन र १५ पिस नाइट्रोभेट ट्याबलेट सहित साहलाई नियन् त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले बताएका छन् । पक्राउ परेका साह माथि लागुऔषध मुद्दा दर्ता गरि जिल्ला अदालत बाराबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

