Tuesday, May 26, 2026

बारामा भूकम्पको धक्का

ताजा / भरखरै प्राप्त

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा बारा लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महशुस भएको छ ।

यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको थियो। त्यहाँ ७ म्याच्नेच्युटको भूकम्प गएको र धक्का नेपालमा पनि महसुस भएको थियो।

भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेकाे ३ चन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उनीहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए।

काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए। भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन्।

दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

भूकम्पले नेपालमा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

spot_img

लोकप्रिय

Related Articles