Tuesday, May 26, 2026

लायन्स क्लबद्धारा ९५ जना बिरामीलाई कम्बल वितरण

ताजा / भरखरै प्राप्त

लायन्स क्लब अफ बारा कलैयाले आईतबार प्रादेशिक अस्पताल कलैयामा उपचार गराउने ९५ जना बिरामीलाई कम्बल वितरण गरेको छ ।


प्रादेशिक अस्पताल कलैयामा उपचार गराउन आएका विभिन्न गाउँका ९५ जना बिरामीलाई बढ्दै गएको चिसोबाट बच्नका लागि लायन्स क्लब अफ बारा कलैयाले कम्बल वितरण गरेको हो ।


आईतबार बिहानको समयमा क्लबका बारा जिल्ला अध्यक्ष प्रदिप कुमार साह ‘गोल्डेन’ को नेतृत्वमा अस्पताल पुगेका अन्य सदस्यहरुको रोहबरमा कम्बल वितरण गरेको हो ।


क्लबले अस्पतालको इमरजेन्सी, आइ सी यू तथा बर्थिंग सेन्टरमा रहेका बिरामीहरुलाई उक्त कम्बल वितरण गरेको क्लबका सदस्य मुकेश कुमार गुप्ताले बताएका छन् ।


कम्बल वितरण गरिसकेपछि क्लबका अध्यक्ष गोल्डेनले लायन्स क्लबले समाजमा विभिन्न किसीमको कामहरु गरेर समाजलाई सहयोग गरिरहेको प्रतिकृया दिएका छन् ।

 

spot_img

लोकप्रिय

Related Articles