Tuesday, May 26, 2026

गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ

ताजा / भरखरै प्राप्त

रौतहट ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत नन्द किशोर गुप्ताले नगरपालिकालाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै स्थानीय स्तरमा आलोचना शुरु भएको छ ।

शिक्षा संयोजक गुप्ताले निमित्त पाएपछि नै नगरपालिकामा बिकास हुनुको सट्टा बिनाशको बाटोले गति लिएको स्थानीयको भनाई छ ।

पटक–पटक भ्रष्टाचारको आरोपमा अख्तियारदेखि विशेष अदालत धाई सकेका गुप्ता पछिल्लो समय पुरानै रफ्तारमा आफ्नो कमाउ धन्दालाई द्रुत गतिमा अगाडि बढाएको सोहि नगरपालिकाका एक वडा अध्यक्षले नाम न बताउने शर्तमा बताए ।
घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताकै जात भएको तथा उनलाई फकाउन र रिझाउन आफ्नो लागि सामान्य बिषय रहेको उनले दाबी गर्दै आएका छन् । गुप्तालाई सतापक्षका एक रौतहटकै नेताको आशीर्वाद रहेकोले भ्रष्टाचारको खेललाई द्रुत गतिमा अगाडि बढाएको स्रोतको दाबी छ ।

हाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउँदै विभिन्न बिकास निर्माणको टेन्डर, सेनेटरी प्याड, औषधि खरिदको टेन्डर, न्यानो झोला खरिदको टेन्डर, विभिन्न उपकरण खरिदको टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ ।

खरिद कार्यको लागि टुक्राटुक्रा १० लाख सम्मको काम रौतहटका नामुद ब्यपारिलाइ दिएर ५० देखि ६० प्रतिशत रकम उठाइ रहेको लेखामा कार्यरत एक कर्मचारीले खुलासा गरे ।

अर्कोतिर हाकिम गुप्ताले ईन्धन, सामाजिक बिकासको रकम देखि विभिन्न योजना संचालनका लागि ३० देखि ५० प्रतिशत कमिशन असुल्न ब्यस्त रहेको कुरा विभिन्न पत्रपत्रीका र रौतहटको बजारमा चर्चा छ ।

स्थानीयले निःस्वार्थ रुपमा जनताको सेवा गरि जनता माझ निकै लोकप्रीय नेता बन्न सफल सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बदनाम हुने काम गरिरहेका निमित्त हाकिम गुप्ताको जिम्मेवारी खोसेर तुरुन्तै जनतालाई सुशासन, बिकासको प्रत्याभुति दिने खालको ब्यक्तिलाई जिम्मेवारी दिन अनुरोध गरेका छन् ।

तर यस विषयमा भने निमित्त प्रमुख प्रशासकिय अधिकृत गुप्ताले भने समाचारमा सत्यता नरहेको जनाएका छन् ।

spot_img

लोकप्रिय

Related Articles