Tuesday, May 26, 2026

दुईवटा मोटरसाईकल ठोक्किदा एकको मृत्यु, ४ घाईते

ताजा / भरखरै प्राप्त

बारामा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ कोतवालीमा रहेको कुशवाहा पेट्रोल पम्प नजिक दुई वटा भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारागढी गाउँपालिका २ सुखिपथराका शिव दयाल साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै उक्त दुर्घट्नामा अन्य ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा घाईते भएका शिव दयालको उपचारको क्रममा एल एस न्युरो अस्पतालमा मृत्यु भएको हो । अन्य ४ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles